२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना



 

काठमाडौं
९ साउन । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ ।

चालक दलका सदस्यसहित १९ जना यात्रु रहेको विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानमा आगलागी भएको र आगलागी नियन्त्रण गर्न  तीनवटै निकायका सुरक्षाकर्मी परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिएका छन् । दुर्घटनाका बारेमा जानकारी लिन गृहमन्त्री रमेश लेखक विमानस्थल पुगेका छन् । ।

अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली आगो नियन्त्रणको प्रयासमा रहेको विमानस्थल श्रोतले जानकारी दिएको छ ।
थप विवरण आउन बाँकी छ ।

 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ६ : १३ बजे