२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


स्वयम्भू सडकमा बृद्धलाई ठक्कर दिएर बस चालक फरार, उपचारको क्रममा मृत्यु



९ साउन । काठमाडौंको स्वयम्भू सडकमा यात्रा गरिरहेका बृद्धलाई ठक्कर दिएर बसका चालक फरार भएका छन् भने ती बृद्धको उपचारको क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१५ स्वयम्भू मुस्ताङ गुम्बा नजिक सडकमा बा.२ ख ५३२४ नम्बरको बसले ठक्करलाई पैदलयात्री दिएका थिए ।
काठमाडौं महानगरपालिका– १५ स्वतन्त्र मार्ग बस्ने मनाङ घर भएका ७६ वर्षीय छिमी दोर्जे गुरूङ ठक्कर दिएपछि मनमोहन अस्पताल उपचारका लगि लगिएको थियो ।
उपचारकै क्रममा उनलाई डाक्टरले मंगलबार दिउँसो मृत घोषणा गरेका थिए ।
हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ९ : ४९ बजे