२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा बसको ठक्करपछि पैदलयात्रीको मृत्यु



९ साउन । भक्तपुरमा बसको ठक्करपछि एक पैदलयात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार भक्तपुर नगरपालिका–६ डेकोचास्थित सडकमा बा.३ ख ५०८० नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरूषको मंगलबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनापछि बस चालकलाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ४ : १६ बजे