१० साउन । कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी संस्थाले कार्यालयमा गैर–सदस्य प्रवेशगरि कर्मचारीमाथि धम्कीदिने क्रियाकलाप बढेको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ । अध्यक्ष दिनेश दर्शनधारीले आज एक अपिल जारी गर्दै बचत फिर्ता जारी रहेको समयमा कार्यालयमा गैर–सदस्य प्रदेशगरि कर्मचारीमाथि गालीगलोज गर्ने, धम्कीदिने जस्ता कार्य गरेको भन्दै तत्काल त्यस्ता कार्य रोक्न आग्रह गरेको छ । पछिल्लो समय बचतफिर्ताको कार्यअघि बढेको समयमा केहि सदस्यहरुले गैरव्यक्तीलाई प्रवेश गराई उश्रृङखल क्रियाकलाप गरेको भन्दै ध्यानाकर्षण जनाएको हो । अपिलमा भनिएको छ, बचत फिर्ताकालागि बनेका विभिन्न संघर्ष समितिका संयोजकहरुसँग पटक—पटक छलफल भएको र सोहि अनुरुप सम्झौता भएकोमा पुनःकेहिदिन यता कार्यालयमा प्रवेशगरि धम्कीपूर्ण गालीगलोच गर्ने,अपशव्द प्रयोग गर्ने जस्ता क्रियाकलाप गरेको उल्लेख छ ।
सहकारीले अहिले साना बचतकर्ताको रकम फिर्ता गरिरहेको र यहि १५ गतेबाट दोस्रो चरणको रकम वितरण गर्ने योजना रहेकाले सहमति विपरित कार्य बढेको अध्यक्ष दिनेश दर्शनधारीले बताए । उनले भने, हामी सम्पत्ती व्यवस्थापन र बचतफिर्ताको योजना अनुरुप रकम व्यवस्थापन जुटेका छौं, तर केहि सदस्यहरुले गैरव्यक्तीलाई कार्यालयमा प्रवेश गराई धम्की दिने जस्ता क्रियाकलाप गर्नुभएको छ, त्यो दुःखत हो । हामीले जतिसक्यो रकम व्यवस्थापन भयो सबै बचत फिर्तागरि सून्यमा झार्ने योजनामा अघि बढेका छौं, अध्यक्ष दर्शनधारीले भने । उनले, तत्काल ठुला बचतकर्ताहरुलाई रकम दिन सक्ने अबस्था छैन्, सम्पत्ति व्यवस्थापन थप चुनौति बन्दै गएको छ, भन्ने वित्तीकै हाम्रो सम्पत्ति विक्री हुन सकेको छैन । सहकारीका एक कर्मचारीले भने, बुधबारमात्रै संघर्ष समितिका संयोजक कञ्चन महर्जन सहितको एक समुहले कर्मचारीमाथि धम्कीपूर्ण शैलीमा वेबहार गरेको बताए ।
अध्यक्ष दर्शनधारीले पटक—पटकको छलफलबाट कार्यालय सञ्चालनको वातावरण बनेको छ, यसलाई पुर्णरुपमा सञ्चालनको अबस्था बनाइदिन आग्रह गरे । अपिलमा भनिएको छ, संघर्ष समिति सँग मिति २०८१/०३/२२ गते १८ बुँदे सहमति गरी तत्पश्चात सम्पूर्ण पुराना कर्मचारीलाई समेत कार्यालयमा फर्काइ बचत फिर्ता लगायत अन्य सम्पत्ति व्यवस्थापन, ऋण उसुली र पूर्ण रुपमा कार्यालय संचालन भईरहेको समेत यहाँहरु सबैमा अवगत नै छ ।
केही दिन देखि केही व्यक्तिहरु संघर्ष समिति र आन्दोलनकारीको नाममा पुनः कार्यालयमा गई कर्मचारीहरुलाई जथाभावी मुख छाड्ने, धाक धम्की दिने, थर्काउने, संचालक समिति खोई उनीहरुलाई यहाँ हाजिर गराउनुपर्यो भन्ने जस्ता कार्य गराई कर्मचारीहरुलाई आतंकित गराउने साथै संचालकको घरमा गई पुन ः पुरानो गतिबिधि दोहोरिएको कारणले यस्ता उश्रृङखल कार्यहरु नगर्न नगराउन सम्बन्धित सबैलाई बिशेष अनुरोध गर्न चाहान्छौँ ।
यस्ता कृयाकलापको लागि संस्थाका सदस्यहरु सँग कम्तीमा १००० देखि माथि पैसा उठाइरहेको हुँदा र सो कार्यहरु गराउन यस संस्थामा सदस्यता नै नरहेको व्यक्तिहरुबाट उक्साउने कार्य गरेको भन्ने जानकारी आएको हुनाले यस्तो कार्य नगर्न नगराउन बिन्रम अनुरोध गर्न चाहान्छौँ । यस्तो कृयाकलापको उद्देश्य केही नभई संस्थालाई धरासायी बनाउन खोजेको हाम्रो मात्र नभई सबैको थम्याई रहेको छ । त्यसैले यस्तो कार्य नगर्न नगराउन र निरुत्साहित गर्न सम्पूर्ण संघर्ष समितिको सदस्यहरु, संस्थाका सम्पूर्ण शुभ चिन्तक सदस्यहरु,सल्लाहकारज्यूहरु तथा अन्य सम्पूर्ण महानुभावहरुमा समेत सहयोगको लागि अपिल गर्दछौँ ।
त्यस्तै, संघर्ष समिति सँग मिति २०८१/०३/२२ गते सम्झौता गरे पश्चात मिति २०८१/०३/२३ बाट सौर्हादपूर्ण वातावरणमा सदस्यहरुको बचत फिर्ता दिने कार्य भईरकेकोमा माथि उल्लेखित निन्दनिय कार्यहरु जस्तै कार्यालयमा गई कर्मचारीहरुलाई जथाभावी मुख छाड्ने, धाक धम्की दिने, थर्काउने, संचालक समिति खोई उनीहरुलाई यहाँ हाजिर गराउनुपर्यो भन्ने कर्मचारीहरुलाई आतंकित गराउने साथै संचालकको घरमा गई पुन ः पुरानो गतिबिधि दोहोरिएको कारणले यस्ता उत्श्रृङखल कार्यहरु भएकोले यस्ता कार्यमा पूर्ण रुपमा रोक लगाउन र पुनः बचत फिर्ताको वातावरण बनाउनको लागि हामीले संघर्ष समिति सँग सहयोगको लागि समेत अपिल गर्दछौँ ।
संघर्ष समिति सँग भएको सम्झौता अनुसार बुँदा नं २ कुनै पनि संचालक समिति र अन्य समितिको सदस्य र वहाँहरुको घर परिवारलाई धरपकड गर्ने कार्य कुनै हालतमा नगर्ने । यदि अरु कसैले गरेमा समेत यो संघर्ष समितीले रक्षा गर्नको लागि पहल गर्ने । बुँदा नं ७ गैर सदस्यको घुसपैठ पहिचान गरि त्यस्ता किसिमको प्रवेशलाई रोक लगाउने र नियन्त्रण गर्ने । बास्तबिक सदस्यहरु र समितिसँग समन्वय गर्ने ।
बुँदा नं ९ गोप्य राख्नु पर्ने संस्थाको कुनै पनि कागजात पत्रहरु सार्वजनिक गर्न बाध्य नपर्ने । दुबै पक्षको सहमतिमा र सम्बन्धित सरकारी निकाय सँगको समन्वयमा मात्र कुनै पनि कागजात सार्वजनिक गर्ने । राज्यका आधिकारिक र कानुनी निकायहरुमा पेश गर्नुपर्ने कागजपत्रहरु संस्थाले नै पेश गर्ने बाहेक गोप्य राख्नु पर्ने संस्थाका कागजपत्रहरु सार्वजनिक गर्न दवाव दिने र बाध्य पार्ने कार्य दोस्रो पक्षले नगर्ने । सम्बन्धित सदस्यले आफ्नो कागजपत्र हेर्नु जानकारी लिन चाहेमा ब्यक्तिगत रुपमा संस्थाको सहमतिमा लिन पाउने । बुँदाहरुमा कायम रही संस्था संचालन गर्न सहयोग गर्न गराउन हुन संघर्ष समिति लगायत सम्पूर्ण शेयर सदस्य महानुभावहरुमा अनुरोध गर्दछौँ ।
संस्थाबाट संस्थाको आधिकारि फेसबुक र संस्थाको सम्पूर्ण सेवा केन्द्रको सुचना पाटीमा प्रकाशित गरेको सुचना अनुसार दोस्रो चरणको साना बचतकर्ताहरुको बचत फिर्ता मिति २०८१/०४/१५ गतेबाट ५०० देखि ५,००० सम्मको बचत फिर्ताको नामावली समेत प्रकाशित भईसकेको हुनाले नामावली अनुसार सदस्यहरुले आफ्नो नाम हेरी कार्यालयमा उपस्थित हुने दिन निश्चित गरी आफ्नो बचत फिर्ता र खाता बन्दीको काम गर्नहुन अनुरोध गर्दछौैँ । जेष्ठ नागरिक सदस्य र असहाय सदस्यहरुको घरमै कर्मचारी उपस्थित भई भुक्तानीको व्यवस्था समेत गरेको जानकारी गराउन चाहान्छौँ साथै यस पछिको अन्य बचत फिर्ताको कार्य योजना समेत पेश भइसकेको कारणले सदस्यज्यूहरु भिडभाड नगरी आफ्नो नामावली अनुसारको मितिमा मात्र कार्यालय आउन हुन अनुरोध गर्दछौँ ।
प्रतिक्रिया