२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘अगस्त्य निर्देशक सौरभले गरे चलचित्र ‘कर्मा’ निर्माणको घोषणा



१० साउन । गतवर्षको फागुन १८ गते प्रदर्शनमा आएको फिल्म ‘अगस्त्य : च्याप्टर–१’लाई निर्देशन गरेर तारिफ कमाएका निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन्।
चलचित्रको नाम ‘कर्मा’ राखिएको छ । बिहिबार चलचित्र थिम पोस्ट सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । सार्वजनिक थिम पोस्ट हेर्दा युद्ध लड्न हिँडेका सौनिकहरु देख्न सकिन्छ ।
यस चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् भने चलचित्रको कथा पनि उनी स्वयंले लेखेका छन् । यो चलचित्र एक्सन ड्रामा एडभेन्चर जनरामा निर्माण हुने बताइएको छ ।
निर्देशक चौधरीको तेस्रो प्रोजेक्ट हो । तीन वर्षअघि उनी निर्देशित ‘लभ डायरिज’ प्रर्दशन भएको थियो ।
निर्देशक चौधरीले चलचित्रको टाइटल घोषणासँगै भने,’अहिलेसम्म जे जति फिडब्याक पाएको छु, राम्रै पाइरहेको छु । बजेटभित्र उत्कृष्ट काम निकाल्ने हाम्रो प्रयास हुन्छ । यो चलचित्र एक्सन मात्रै होइन । एक्सन चलचित्रको हिस्सा हो तर चलचित्रको बलियो भनेको यसको स्क्रिप्ट हो । यसको पटकथा कसिलो छ ।’
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने चलचित्रमा बसन्त लम्सालले लगानी गर्नेछन् ।
चलचित्रको कथावस्तु र कलाकारबारे निर्माणपक्षले अहिले जानकारी दिएको छैन । कलाकार अनुबन्ध गर्ने क्रम जारी नै रहेकाले पछि जानकारी गराउने निर्देशक चौधरीले जानकारी दिए ।
सौरभले ‘अगस्त्य : च्याप्टर–१’ बाट मेकिङमा गरेको मेहनतको तारिफ भएको थियो ।

 

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ४ : १९ बजे