२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कीर्तिपुर नगरका मेयर राजकुमार नकर्मीको मृत्यु



काठमाडौं
११ साउन । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको मृत्यु भएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालका अनुसार गएराती वीर अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
उनको पार्थिव शरीरलाई अहिले बिहान ९ बजे नगरपालिकामा श्रद्धाञ्जलीका राखिदै छ ।
मेयर नकर्मीको मृत्युपछि नगरपालिकाले शोक विज्ञप्ती प्रकाशन गरेर नगरभर शोक विदा दिएको छ ।
मिर्गौला रोगबाट पीडित थिए उनी २ साउन गतेदेखि वीर अस्पतालमा भर्ना भएर उपचार गराइरहेका थिए ।

 

 

 

मेयर नकर्मीले स्वास्थ्य सुधार नभएपछि उपमेयर शुभलक्ष्मी शाक्य(सुनिता)लाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका थिए ।
उनको पार्थिव शरिर आजै अन्त्येष्टि गरिने भएको छ ।

 

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ३ : ०३ बजे