२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर सास्कृतिक तथा व्यापार महोत्सव सुरु, हरेक दिन कलाकारको प्रस्तुती निःशुल्क हेर्न पाइने



ललितखबर
११ साउन । ललितपुरको धापाखेलमा आजबाट ललितपुर साँस्कृतिक तथा व्यापार महोत्सव सुरु भएको छ । ललितपुर महानगरपालिका २३ स्थित जेम्स स्कूल अगाडि आजबाट सुरु भएको महोत्सव साउन २६ गतेसम्म चल्नेछ ।
महोत्सवका व्यवस्थापक दिपक दाहालका अनुसार वागमती प्रदेसका श्रम रोजगार तथा यातयातमन्त्री प्रेमभक्त महर्जनले अपरान्ह महोत्सवको शुभारम्भ गर्ने कार्यक्रम छ ।
व्यस्थापक दाहालका अनुसार मेलामा वालवालिकाहरुका लागि चिल्ड्रेन पार्क निर्माण गरिएको छ । यहाँ रोटेपिङ, ड्राइगन रेल,डुंगालगायतमा वालवालिका मनोरञ्जन लिन सक्नेछन् ।
स्थानीय महिलाहरुले निर्माण गरेको हस्तकलाको सामाग्रीको प्रर्दशनी अगाँनिक उत्पादनको बिक्रि वितरणसँगै मेलामा हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरुले विशेष प्रस्तुती दिने कार्यक्रम रहेको छ ।
मेलामा विशेष ४ दिन बाहेक अन्य दिन निशुल्क प्रवेश गर्न साइने व्यवस्थापक दाहालले बताए । उनले भने, ‘यस्ता मेलामा निःशुल्क प्रवेश गर्ने व्यवस्था अरु ठाँउमा हुँदैन । हामीले स्थानीय संस्कृती र उत्पादनको प्रचार र प्रोत्साहन गर्न निशुल्क प्रवेशको व्यवस्था गरेका छौं । साउन १८,१९२५ र २६ गते विषेश प्रस्तुती रहनेछ ।’
मेलाका लागि सबै तयारी पुरा भएको मेला व्यवस्थापक अरविन्द्र जैसवालले बताएका छन् । महोत्सव स्थल बिजुली बत्तीले झिलिमिलि बनाइएको उनले जानकारी दिए । मेलामा १ सयभन्दा धेरै स्टल रहेको बताउछन् ।
उनका अनुसार महोत्सवको प्रचारका लागि ललितपुरका विभिन्न स्थानमा स्वागतद्वार निर्माण गरिएको, व्यानरलगायत प्रचार सामाग्री टाँगिएको बताएका छन् ।
मेलाका विशेष सहयोगी सुवास महतका अनुसार कार्यक्रममा धिमेबाजा, लाखेनाचलगायतका विभिन्न सास्स्कृतिक प्रस्तुती समेत रहने जानकारी दिए
उनका अनुसार आज गायिका रिता केसी र गायक रमेश श्रेष्ठ(मेलोडी)को प्रस्तुती रहनेछ ।

 

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ३ : ५० बजे