२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


डुकुछापकी युवती ग्वार्कोको गेस्ट हाउसमा अचेत अवस्थामा फेला, विएण्डवि अस्पतालमा मृत्यु



११ साउन
काठमाडौं । ललितपुर महानगरपालिका–७ ग्वार्कोमा ललितपुर डुकुछापकी युवती अचेत अवस्थामा फेला परेपछि उपचारका लागि विएण्डवि अस्पतालमा लगिएकोमा उनको मृत्यु भएको छ । गेस्ट हाउसमा सँगै रहेका युवक समेत घाइते फेला परेका थिए । उनको सो अस्पतालमा उपचार भइरहेको छ ।

एक गेस्ट हाउसमा अचेतावस्थामा फेला परेकी उनको उपचारका क्रममा मृत्यु अस्पतालले जानकारी दिएको छ ।

ग्वार्कोस्थित सनलाइट गेष्ट हाउसमा उनीहरु शुक्रबार बिहान अचेत अवस्थामा फेला परेकी थिइन् ।

ललितपुर प्रमुख एसपी नरेशराज सुवेदीका अनुसार उनी गोदावरी नगरपालिका ८ डुकुछाप घर भई पछिल्लो समय सातदोबाटो बस्दै आएका एक युवकसँग बुधबार गेस्ट हाउसमा पुगेकी थिइन् ।

घटनाका सम्बन्धमो थप अनुसन्धान भइरहेको एसपि सुवेदीले जानकारी दिएका छन् । घाइते दुवैको नाम वतन प्रहरीले गोप्य राखेको छ ।

 

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ५ : ०३ बजे