१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


सन्दीपविरूद्ध पुनरावेदन नगर्न गौशाला २६ को निवेदन



११ साउन । गौशाला २६ ले बलात्कार मुद्दामा उच्च अदालतको फैसलाविरुद्ध पुनरावेदन नगर्ने निर्णय गरेकी छिन्। उच्च अदालतको फैसलाविरुद्ध पुनरावेदनमा नजान आग्रह गर्दै उनले शुक्रबार उच्च सरकारी वकिलको कार्यालयमा निवेदन दिएकी हुन्।

बलात्कार मुद्दामा राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेलाई दोषी ठहर गर्ने जिल्ला अदालतको फैसला बदर गर्दै उच्च अदालतले सफाइ दिएको थियो। सफाइ पाएपछि लामिछाने अहिले ग्लोबल टि–२० लिग खेल्न क्यानडामा छन्।

यद्यपि, सरकारवादी मुद्दामा पुनरावेदन गर्ने–नगर्ने भन्ने निर्णय महान्यायाधीवक्ता कार्यालयले गर्ने भएकाले कानुनी प्रकृयामा गौशाला २६ को निवेदनको आधार नहुने एक सरकारी वकिलले बताए।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ११ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।