२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


किर्तिपुरका मेयर आइतबार नकर्मीको मृत्यु : उपत्यका स्थानीय निकायमा सार्वजनिक बिदा



काठमाडौँ
११ साउन । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

हिजो मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ ।
नकर्मी विसं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।

नकर्मीको हिजो निधन भएको हो । फोरमका अध्यक्ष चीरबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा उनको निधनको खबरले काठमाडाँै उपत्यका मेयर्स फोरम परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको उल्लेख छ ।
“उहाँको मृत्युले कीर्तिपुर नगरपालिकालगायत काठमाडौँ उपत्यकाको विकासमा अपूरणीय क्षति पुगेको महसुस भएको । उहाँले यस फोरममा रही पु¥याउनुभएको योगदान हाम्रा लागि अविष्मरणीय छन्”, विज्ञप्तिमा भनिएको छ, “काठमाडाँै उपत्यका मेयर्स फोरम परिवार यो अपूरणीय क्षतिको दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै उहाँको आत्माको चीरशान्तिको कामना गर्दै शोकाकूल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ । उहाँको निधनबाट उपत्यकाका सबै पालिकाहरू मर्माहत भएका छन् ।”

यसैबीच चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले पनि विज्ञप्ति जारी गर्दै नकर्मीका असामयिक निधन भएकामा नगरपालिका परिवार अन्यन्त मर्माहत भएको र यस दुःखद् घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले यही साउन १३ गते चन्द्रागिरि नगरपालिका र मातहतका निकायमा शोक बिदा गरिएको जानकारी दिए ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ३ : ०६ बजे