२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


काठमाडौंमा आठ अर्ब लगानीमा हिल्टन होटल सञ्चालनमा



काठमाडौँ
११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलेले राजधानीको नक्सालमा होटल हिल्टनको ओपचारिक शुभारम्भ गरेसँगै ८ अर्ब लगानीमा नयाँ होटल सञ्चालनमा आएको छ ।

आजदेखि सञ्चालनमा आएको हिल्टन होटलले विदेशी पर्यटक बढाउन सहयोग गर्ने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय चेन होटल हिल्टनले काठमाडौँमा पहिलो पटक सेवा सुरु गरेको भन्दै सफलताको शुभकामना समेत दिए । “हिलटन होटल सञ्चालनमा आएपछि मुलुकको पर्यटन तथा आतिथ्य क्षेत्रमा महत्वपूर्ण योगदान गर्नेमा विश्वस्त छु”, उनले भने ।

उक्त होटल शङ्कर समूहले रु आठ अर्ब लगानीमा निर्माण गरेको हो । सात वर्षअघि निर्माण सुरु भएको हिलटन होटलमा एक सय ७४ रुम छन् ।
अन्तर्राष्ट्रिय चेन होटल हिलटन विभिन्न २४ वटा ब्राण्डमा सञ्चालित छ । हाल हिलटनका ब्राण्ड विश्वका १२६ देशमा फैलिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ४ : ३७ बजे