२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर साँस्कृतिक तथा व्यापार महोत्सवको रमझम (तस्विरहरु)



ललितखबर
११ साउन । साउनको हरियाली मौसममा ललितपुरको धापाखेलमा महोत्सव सुरु भएको छ । नागपञ्चमीको पुर्वसन्ध्यामा ललितपुर महानगर २३ धापाखेलस्थित जेम्स स्कूलसँगै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने भन्दै महोत्सव सुरु भएको हो ।
शुक्रबार वागमती प्रदेस श्रम रोजगार तथा यातयातमन्त्री प्रेमभक्त महर्जनले मेला शुभारम्भ गरेका हुन् ।
महोत्सवका व्यस्थापक दाहालका अनुसार मेलामा वालवालिकाहरुका लागि चिल्ड्रेन पार्क निर्माण गरिएको छ । यहाँ रोटेपिङ, ड्राइगन रेल,डुंगालगायतमा वालवालिका मनोरञ्जन लिन सकिन्छ ।


ललितपुर महानगर २३ र २४ वडाका स्थानीय महिलाहरुले निर्माण गरेको हस्तकलाको सामाग्रीको प्रर्दशनी गरिएको छ । मेलामा १ सयभन्दा धेरै स्टल रहेको उनी बताउछन् ।


मेलाका विभिन्न सास्कृतिक नृत्य र बाजा प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहभागीहरुलाई गायिका रिता केसी र गायक रमेश श्रेष्ठले गीत गाएर मनोरञ्जन गराएका थिए । चापागाँउ खैजडी भजन र रिजेन्ट स्कूलका साना साना वालवालिकाहरुले गायन र नृत्यमार्फत आर्कशक प्रस्तुती देखाएका थिए ।

   

 

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ७ : ११ बजे