९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बागमती नदीमा अभिनेत्री बर्षा र अमरप्रतापद्वारा ¥याफ्टिङ शुभारम्भ



काठमाडौं
१२ साउन । साउन १८ गते प्रर्दशन हुने नेपाली चलचित्र ’मोदीबेनी’का कलाकारहरू वर्षा सिवाकोटी र अमर प्रताप श्रेष्ठले बागमती नदिमा ¥याफ्टिङ शुभारम्भ गरेका छन् ।
नेपाल नदी संरक्षण संस्था, फ्रेन्ड्स क्लब र बागमती सफाइ महाअभियानको सहकार्यमा बागमती नदी महोत्सव महाजल जात्रा अन्तर्गत शनिवार ¥याफ्टिङको शुभारम्भ गरेका थिए।
आइतबारदेखि थापाथलीदेखि चोभारसम्म सर्वसाधारणले पनि ¥याफ्टिङ गर्न पाउनेछन्। यसको लागि विद्यार्थीलाई पाँच सय र अन्यलाई नौ सय रुपैयाँ तोकिएको छ।
थापाथली पुलबाट चोभारसम्म वर्षा र अमरले ¥याफ्टिङ गरेका थिए। ¥याफ्टिङपछि प्रतिकृया दिदै अभिनेत्री वर्षा सिवाकोटीले नदी संरक्षणमा राज्यको दायित्व हुनुपर्ने बताइन्।
त्यस्तै, अभिनेता अमरप्रताप श्रेष्ठले यो अभियानलाई सबैले मिलेर सफल बनाउन पर्ने र काठमाडौंमा नै ¥याफ्टिङको मज्जा लिन पाउँदा आन्तरिकसँगै विदेशी पर्यटकको लागि पनि आकर्षण हुन सक्ने बताए।

बागमती सभ्यतालाई बचाउन नागरिकलाई जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष बागमतीमा ¥याफ्टिङको आयोजना हुने गर्छ, जहाँ सयौँ जनाले एकसाथ ¥याफ्टिङ गर्ने गर्छन्।

काठमाडौंमा पनि ¥याफ्टिङ नियमित हुनु भनेको ऐतिहासिक काम भएको र यो सबैको देन बागमती सभ्यता अभियानलाई जाने सामाजिक अभियन्ता चक्र चन्दले बताए।

चलचित्रको प्रचार प्रसारमा रहेको ’मोदीबेनी’का कलाकारहरू ¥याफ्टिङका पछिल्लो समय दौडधुपमा छन् ।

 

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ३ : ५८ बजे