२३ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको छपेली र पाङदुरमा पहिरो, कान्ति लोकपथ अवरुद्ध



१३ साउन । काठमाडौँ र हेटौँडालाई जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ। कान्ति लोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–२ पाङदुर र छपेलीमा शनिबार राति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको हो।

यसैगरी मकवानपुरको भीमफेदी गाउँपालिका–८ अन्तर्गत पर्ने कान्ति लोकपथको सिरानचोकमा पहिरो जाँदा हेटौँडाबाट ठिगनतर्फको यातायात सेवा पनि अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए। पाङदुर र छपेलीमा गएको पहिरो हटाउने काम भइरहेको छ।

अहिले त्रिभुवन राजपथ, हेटौँडा कुलेखानी हुँदै काठमाडौँतर्फ जाने मातातीर्थ, फाखेल र सिस्नेरी सडकमा यातायात सेवा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ८ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।