२३ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बल्खुमा ट्रकले स्कुटरलाई ठक्कर दियो, १३ वर्षीय आदित्य गुप्ताको निधन



१३ साउन । काठमाडौं महानगरपालिका–१४ बल्खु चोकस्थित सडकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार बालको मृत्यु भएको छ । ना.६ ख २२०३ नम्बरको ट्रकले बा.प्र.०२–०१६ प ७११४ नम्बरको स्कुटरलाई आइतबार बिहान ठक्कर दिएको थियो ।
स्कुटरमा पछाडि सवार बल्खु बस्ने रौतहट राजपुर नगरपालिका–१ घर भएकी ३५ वर्षीया सरिता कुमारी गुप्ताको छोरा १३ वर्षीय आदित्य गुप्ताको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  १ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।