४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बल्खुमा ट्रकले स्कुटरलाई ठक्कर दियो, १३ वर्षीय आदित्य गुप्ताको निधन



१३ साउन । काठमाडौं महानगरपालिका–१४ बल्खु चोकस्थित सडकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार बालको मृत्यु भएको छ । ना.६ ख २२०३ नम्बरको ट्रकले बा.प्र.०२–०१६ प ७११४ नम्बरको स्कुटरलाई आइतबार बिहान ठक्कर दिएको थियो ।
स्कुटरमा पछाडि सवार बल्खु बस्ने रौतहट राजपुर नगरपालिका–१ घर भएकी ३५ वर्षीया सरिता कुमारी गुप्ताको छोरा १३ वर्षीय आदित्य गुप्ताको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  १ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।