१३ साउन । मोडल दुर्गेश थापाले अबदेखि उट्पट्याङ गीत नगाउने बताएका छन् । आइतबार आयोजित ‘झुम्का हरायो’ बोलको गीत सार्वजनिक गर्न आयोजित समारोहमा दुर्गेशले अब सबै मान्छेले सुन्ने र हेर्ने टाइपको गीत बनाउने बताए ।
‘उमेर पनि बढ्दै गएर होला, अब चाहिं सबै मान्छेले सुन्ने र सबै मान्छेको अगाडि हेर्ने टाइपको बनाउनुपर्छ भन्ने मेरो दिमागमा बस्यो । दुर्गेश बिग्रेर होइन, सुध्रिएर आउँदैछ,’ उनले भने । दुर्गेशले यो तीजमा ‘बिच्च बिच्चमा ७’ ल्याउने समेत बताए ।उक्त पत्रकार सम्मेलनमा उनलाई तपाईंले छवि चेन्ज गर्न खोज्नुभएको हो ? भनेर समेत सोधिएको थियो ।
जवाफमा उनले बढ्दो उमेर र साथीभाइको संगतले गर्दा आफूमा परिवर्तन आएको बताए । ‘छवि चेन्ज भन्दा पनि परिवर्तन अटोमेटिक हुने रहेछ । साथी सर्कलले हुने रहेछ,’ उनले भने, ‘पहिला–पहिला उट्पट्याङ गीतहरु हुन्थे । कतै सुन्न नमिल्ने पनि हुन्थे । अबदेखि राम्रा गीत मात्र गाउने सोचेको छु ।’
प्रतिक्रिया