२३ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नेताहरूको फोटो रोखर अनुष्ठान गर्दागर्दै पक्राउ परे पुष्कर खतिवडा



१४ साउन । सामाजिक सञ्जालमा चर्चित धर्मगुरु पुष्कर खतिवडा पक्राउ परेका छन् । खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरूको तस्बिर राखेर अनुष्ठान गर्दै गर्दा आफ्नो निवासबाटै पक्राउ परेका हुन् ।

यो अनुष्ठानको प्रयोजन आपत्तिजनक भएकाले प्रहरीले पक्राउ गरेको हो । प्रहरी नियन्त्रणबाटै उनले सामाजिक सञ्जालमा आफू पक्राउ परेको सूचना दिन भ्याइसकेका छन् ।

खतिवडाले आफूलाई प्रहरी वृत्त महाराजगन्ज लगिएको जानकारी सामाजिक सञ्जालबाट दिएका छन् । ‘मलाई भर्खरै प्रहरी वृत्त महाराजगन्ज लगिएको छ। कामना गरौ देश बनोस्,’ उनले लेखेका छन् ।

खतिवडाले केहीदिनअघि फेसबुकबाटै देशलाई खाल्डोमा हाल्ने नेताहरूको नाममा यमराजको पूजा गर्ने निर्णय लिएको बताएका थिए ।

उनले यस्तो भनेका थिएः

‘मलाई धेरैले गाली गर्नुहोला । नराम्रो भन्नुहोला । नकारात्मक कमेन्ट गर्नुहोला । तर, मलाई यसले खासै फरक पर्दैन । अब अति नै भइसकेको छ । श्रावणको सोमबार मेरो नित्य साधनाको समयमा, यो देशलाई खाल्डामा हाल्ने नेताहरू जति छन्, उनीहरूको फोटो हारसहित राखेर यमराजको मूर्ति निर्माण गरेर वा फोटो राखेर उनीहरूको मृत्यूको लागि यमराजको पूजा गर्ने निर्णय गरेको छु ।

तपाईंहरू पनि यो पूजामा सहभागी भएर उनीहरूलाई तीलाञ्जली वा तर्पण दिन चाहनुहुन्छ भने यो महान कार्यमा सहभागी भइदिनु होला । गाली गर्नेलाई यो कमेन्ट बक्स खुला छ ।’

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ८ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।