१४ साउन । अनलाइन माध्यमबाट ‘क्यानडा सपना’ देखाएर ठगको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा घर भएर ललितपुर बस्ने २३ वर्षीय पुरुषोत्तम भण्डारी छन् ।
आरोपीले ८४ लाख १५ हजार ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए । उनले सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’को दुरुपयोग गरेर रकम ठगेका हुन् ।
‘क्यानडा लैजान्छु’ भनेर उनले पीडितहरूलाई विभिन्न व्यक्तिहरूको बैंक खातामा रकम हाल्न लगाएर ठगेको अनुसन्धानबाट थाहा भएको छ । साउन ११ मा उनलाई कोटेश्वरबाट पक्राउ गरेर कानुनी कारवाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी आचार्यले बताए ।
प्रतिक्रिया