२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


‘घरज्वाइँ’ बाट विवादित दृश्य नहटाए हलमा चलाउन नदिने तमु धिंको चेतावनी



१४ साउन । दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म ‘घरज्वाइँ’ को एक दृश्य विवादित बनेको छ । फिल्मको दृश्यलाई लिएर पोखरास्थित गुरुङ समुदायको संस्था तमु धिं नेपालले स्थानीय हललाई पत्र लेख्दै अनिश्चितकालका लागि फिल्मको रिलिज रोक्न माग गरेको छ ।

संस्थाका अध्यक्ष हुम गुरुङले मिडटाउन सिनेमाजलाई फिल्ममा समावेश रोधिं/रोदी शब्द नहटाएसम्म गण्डकी प्रदेशभरिका हलमा फिल्म रिलिज हुन नदिने चेतावनी समेत दिएको छ ।

‘केहि साता अगाडि प्रदर्शनमा आएको नेपाली भाषाको चलचित्र घरज्वाईंले गुरुङ समुदायको रोधिं/रोदि संस्कृति माथि दृश्यांकन गरेको दृश्य रोधि र रोदि विधि र विधानको विपरित भएको तमु गुरुङ समुदायको निष्कर्ष हो,’ विज्ञप्तिमा लेखिएको छ, ‘गुरुङ समुदायको भाषा, संस्कृति र परम्परा संरक्षणको लागि अनिश्चित कालसम्मको लागि तपाईंले चलचित्र प्रदर्शन नगरी हाम्रो अभियानमा साथ दिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।’

मिट टाउन सिनेमाजका प्रबन्ध निर्देशक निकेश द्वाले पनि अहिले फिल्मको शो होल्डमा राखेको बताए । निर्माता र वितरकलाई विवादित दृश्य हटाएर फिल्मको फाइल पठाउन आग्रह गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १२ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।