४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बालकुमारी घटनामा निलम्बित डीएसपी र असईको कारबाही फुकुवा



१४ साउन । दक्षिण कोरिया जान लिईने ईपीएस भाषा परीक्षाको आवेदन फारम भर्न पाउनु पर्ने माग गर्दै आन्दोलित युवामाथि अत्याधिक बल प्रयोग गरेको आरोपमा निलम्बनमा परेका दुई प्रहरी माथिको कारबाही फुकुवा भएको छ।

गत पुस १४ गते जिल्ला प्रहरी परिसरका अप्रेसन इन्चार्ज डीएसपी उमेश लम्साल र तत्कालीन भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पीएसओ असई बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय भएको थियो।

डीएसपी लम्सालको निलम्बन फुकुवा भइसकेको गृह मन्त्रालयका सहसचिव झक्क प्रसाद आचार्यले बताए। असई दनुवारको पनि प्रहरी प्रधान कार्यालयले निलम्बन फकुवा गरेको हो।

७ महिनापछि उनीहरुको कारबाही फुकुवा भएको हो।बालकुमारीमा अन्दोलन चर्किरहेका बेला मन्त्री ज्वाला पुगेपछि उनलाई जोगाउने क्रममा प्रहरीले गोलि चलाएको थियो। त्यसक्रममा दुई जनाको ज्यान गएको थियो।

घटना लगतै उनीहरुलाई निलम्बन गर्ने निर्णय भएको थियो। अन्य अधिकारीहरुको जिम्मेवारी हेरफेर भए पनि कारबाहीमा परेका थिएनन्।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ४ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।