६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


शाहरुखलाई मोतियाबिन्दुको समस्या



१५ साउन । बलिउड अभिनेता शाहरुख खानलाई मोतियाबिन्दुको समस्या देखिएको छ । उनले मुम्बईको एक अस्पतालमा आँखाको उपचार गराएको खबर बाहिरिएको छ।

रिपोर्टका अनुसार, उनको आँखामा मोतियाबिन्दुको समस्या रहेको दाबी गरिएको छ। जुमको रिपोर्ट अनुसार, शाहरुखको दुवै आँखामा मोतियाबिन्दु छ। जुलाई १२ मा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह अघि अभिनेताले मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पताल र अनुसन्धान केन्द्रमा आफ्नो आँखाको उपचार गराएका थिए। तर, त्यहाँ उपचार चाहेजसो हुन सकेन।

अब शाहरुख आँखाको उपचारका लागि अमेरिका जानेछन्। उनी निकट स्रोतका अनुसार शाहरुख ३० जुलाईमा उपचारका लागि अमेरिका जानेछन्। यद्यपी, अहिलेसम्म यस विषयमा अभिनेता वा उनको टोलीबाट कुनै ‍औपचारिक पुष्टि भएको छैन।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ९ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।