१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


पशुपतिमा जारी कोटिहोममा पल शाहको एक लाख दान



१५ साउन । पशुपति मन्दिर परिसर वनकाली हंसमण्डप क्षेत्रमा यतिबेला कोटिहोम लागिरहेको छ । कोटिहोममा लाखौं भक्तजनको घुइँचो लाग्ने गरेको छ।

उक्त कोटिहोममा देवी प्रतिभासहित राधिका दासी, दीनबन्धु पोखरेल, चन्द्रकला सखीलगायत कथावाचकबाट कथा वाचन भइरहेको छ।
अहिलेसम्म लाखौं भक्तजनले कोटिहोमको दर्शन गरिसकेका छन्।

एक महिना चल्ने कोटिहोम गत असार २९ गते सुरु गरिएको थियो। कोटिहोममा सहभागी भक्तजनले करोडौं रूपैयाँ सहयोग गरिरहेका छन्।
सोमबार उक्त कोटिहोममा अभिनेता पल शाह पनि पुगेका थिए।

कथावाचिका देवी प्रतिभाको अन्तिम दिनको प्रस्तुतिमा पल शाह पुगेका हुन्। आफ्नी आमा लिएर कोटिहोममा पुगेका अभिनेता पल शाहले १ लाख एक हजार १११ रुपैयाँ दान गरेका छन्। उक्त रकम एक जना बच्चाको अभिभावकत्वका लागि शाहले प्रदान गरेको कार्यक्रममा जानकारी गराइएको छ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ९ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।