९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानी काठमाडौंको अधिकाशं नदि क्षेत्र रातभर बर्षापछि डुवानमा



काठमाडौं
१६ साउन । रातभर परेको वर्षाले काठमाडौं उपत्यकाका अधिकाशं नदि क्षेत्र डुवनमा परेको छ । राजधानीको वागमती नदिले बल्खु तरकारी बजार डुवाएको छ । युएन पार्क,सुकुम्बासी बस्तीलगायत क्षेत्रमा नदि पसेको छ ।
वागमती नदिले च्यासल एमाले पार्टी कार्यालय वरिपर पानी पसेको छ । शंखमुल पार्क, ललितपुर महानगरपालिका वडा नं. १ र सानेपा रामन्दिर परिसरमालगायत क्षेत्र डुवानमा परेको छ ।
राजधानीका करिडोर सडकमा नदि पसेपछि हिलाम्मे बनेको छ ।
ललितपुरको कर्मनासा खोलामा बाडी आएपछि
इमाडोलको किस्ट अस्पताल र पवन प्रकृति स्कूल वरपर बाढी पसेको छ ।
कालिमाटी तरकारी बजारमा पनि बाढी पसेको छ । भक्तपुरको हनुमन्ते खोलापनि बस्तीमा पसेको खबर छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ३ : ०३ बजे