९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बल्खुको बाढीमा एक पुरुष मृत फेला



१६ साउन । काठमाडौंको बल्खु खोलामा एक जना मृत अवस्थामा भेटिएका छन् ।
प्रहरीका अनुसार आज विहान बल्खु पुलमुनि बाँके घर भइ सुकुम्बासी वस्तीमा बस्ने ४५ वर्षीय राम सरुप महतो मृत भेटिएका छन् ।
बाढीले बगाएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
आज बिहान साढे ७ बजेतिर उनको शव बल्खु पुल मुनि अड्किएको अवस्थामा फेला परेका थियो । प्रहरी वृत्त, कालिमाटीले घटनास्थलको मुचुल्का उठाएको छ भने अनुसन्धान सुरु गरेको बताएको छ ।
रातभरको बर्षापछि राजधानीको नदि आसपास डुवाएको छ । धेरै ठाँउमा नदिको पानी पसेपछि करोडौंको क्षति भएको प्हरीको भनाई छ ।

काठमाडौँ उपत्यकामा गए राति मुसलधारे वर्षा भएपछि वाग्मती र यसका सहायक हनुमन्ते, मनोहरा, धोबिखोला, गोदावरी, विष्णुमती, नक्खु, बल्खुखोलालगायत सबैमा जलसतहले खतराको तह पार गरेको थियो । बाढी खोलाकिनारको सडकसम्म पसेको र कतिपय बस्ती डुबानमा परेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ३ : ५३ बजे