१६ साउन । काठमाडौं नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवकको शव भेटिएको छ । काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक विगत दुई महिनादेखि पार्किङ गरी राखेको बा२ख २३४४ नम्बरको बसभित्र युवकको शव भेटिएको हो ।
मृत भेटिएका व्यक्ति सुनसरी इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
घटनाको प्रकृति हेर्दा ४÷५ दिनअघि नै मृत्यु भइसकेको जस्तो देखिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएर अनुसन्धान अघि बढाइएको छ । मृत भेटिएका व्यक्ति यातायात क्षेत्रमा नै बसपार्कतिर काम गर्ने गरेको पाइएको छ ।
१६ श्रावण २०८१, बुधबार
84
Shares
प्रतिक्रिया