२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


२७ सयको विन्दुमा पुग्यो नेप्से परिसूचक, कारोबार २१ अर्ब ९१ करोडमाथि



१६ साउन । बुधबार नेप्से परिसूचक २७ सयको विन्दुमा कायम भएको छ । आज शेयर बजार ६४.२५ अंकले बढेर २,७६० को विन्दुमा कायम भएको छ । आज १९१ कम्पनीको शेयर मूल्य बढ्दा ४४ कम्पनीको शेयर मूल्य घटेको छ । सात कम्पनीको शेयर मूल्य स्थिर छ ।

यस्तै आज कारोबार समयभित्र जम्मा ३३२ कम्पनीको पाँच करोड नौ लाख कित्ता शेयर खरिदबिक्री हुँदा रु. २१ अर्ब ९१ करोड १५ लाखको शेयर कारोबार भएको छ । शेयर बजारमा भएको यो कारोबार हालसम्मकै उच्च हो । यसअघि २०७८ साउन ३१ गते २१ अर्ब ६० करोड बढीको कारोबार भएको थियो ।

आज १७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै हिमालयन रि–इन्स्योरेन्सले सबैभन्दा बढी अर्थात् ८४ करोडको शेयर कारोबार गरेको छ ।

 

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १० : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।