९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कहिले काहिँ सधैँ हिँडिरहेको बाटोमा पनि ठेस लाग्दो रहेछः शान्तिश्री परियार



१६ साउन । गायिका शान्तिश्री परियारले आगामी दिनमा शब्द र संगीत छनोट गरेर मात्र गीत गाउने बताएकी छन्। पछिल्लो गीत ’विस्तराले पोल्यो’ लाई लिएर आलोचना भएपछि उनले एक वक्तव्य नै जारी गरेर सो बताएकी हुन् ।

पाँच दिनअघि सार्वजनिक सो गीतमा शान्तिश्री र हरि गिरी विमर्शीको स्वर छ। गीतमा समावेश शब्द र भिडिओलाई लिएर थुप्रैले आलोचना गरिरहेका छन्। आलोचित भएपछि शान्तिश्रीले स्रोता–दर्शकसँग माफी माग्दै आगामी दिनमा गीत छनोटमा सचेत हुने बताएकी हुन्।

बुधबार वक्तव्य जारी गर्दै उनले भनेकी छन्, ’सो गीत तीज विशेष, लोक वा दोहोरी कुनै पनि विधा अन्तर्गतको नभएता पनि भिडिओको केही दृश्यहरूको कारण दर्शक, स्रोताको मनोभावना तथा सामाजिक परिपे्रक्षमा नकारात्मक असर परेको र सोही कारण सामाजिक सञ्जालहरूमा धेरै नकारात्मक टिकाटिप्पणी भइरहेको हुँदा म लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रीय सदस्यको नाताले मसँग सम्बन्धित गीतले प्रतिष्ठानको प्रतिष्ठामाथि र आदरणीय शुभचिन्तकहरूप्रति आँच पुग्न गएको हुँदा क्षमाप्रार्थी छु। आगामी दिनमा शब्द, संगीत छनोट गरी गाउने वाचा गर्दछु।’

 

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ११ : ४५ बजे