९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ललितपुरका वालवालिकासँग रमाइन् मिस माल्टा चेरिस



ललितखबर
१७ साउन । बुधबार मिस माल्टा चेरिस स्पिटेरी ललितपुरको चापागाँउस्थित वागेश्वरी प्राथमिक विद्यालयमा नाच्दै गरेको अवस्थामा भेटिइन् । उनी विद्यार्थी रुविना परियारसँग कम्मर कर्माउदै तालमा ताल मिलाउदै थिइन् ।
मिस माल्टा स्पिटेरीले रुविनासँग नाच्दा रमाइलो भएको प्रतिकृया दिइन् । उनले आफूले नाचेको भिडियो माल्टा लैजाने र त्याँका आयोजना हुने कार्यक्रमहरुमा प्रर्दशन गर्ने योजना सुनाइन् ।


मिस नेपालको ग्राण्ड फिनालेको आतिथ्यता ग्रहण गर्न नेपाल भ्रमणमा रहेकी मिस माल्टासँगै मिस टुरिजम उपाधि विजेता एलेक्सा कुटजर र टप मोडल करोलिना क्युबोटेरु पनि मिस माल्टा स्पिटेरीसँगै नाचे, गाए अनि रमाए । कार्यक्रमपछि विद्यार्थीहरुले मिस माल्टा सहितको प्रतिनिधि मण्डललाई फलफुल र दुध खुवाएर न्यानो आतिथि सत्कार गरेका थिए ।
कार्यक्रमसँगै मिस माल्टा स्पिटेरीले नेपाली जनजीवनबारे चासो राख्दै विद्यालय भ्रमणको इच्छा राखेपछि गोदावरी उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष जगन्नाथ महर्जनले मेसो मिलाएका थिए ।


बर्षे विदामा रहेका विद्यार्थी मिस माल्टासँग भेट गर्न उत्साहित हुँदै विद्यालयका आएका थिए । उनीहरुले विद्यालय परिसरमा लाइनबद्ध भएर रंगीविरंगी फूलले मिस माल्टा स्पिटेरीलाई स्वागत गरे ।
मिस माल्टा स्पिटेरी गोदावरीका उद्योगी व्यावसायीसँग अन्र्तक्रिया गरिन् । गोदावरी नगरपालिका भ्रमण गरिन् भने गोदावरी बोटानिकल गार्डेन घुमेर फर्केकी थिइन् । उनले विद्यालयका साना साना बालवालिकाहरुलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी थिइन् ।
माल्टाका एनआरएन अध्यक्ष रामलाल खनाल, पर्यटन प्रबद्र्धक सोम सापकोटालगायतको प्रतिनिधि मण्डल मिस माल्टासँगै ललितपुर भ्रमणमा आएका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ४ : ३९ बजे