१७ साउन । नेपाली बजारमा सुनको मूल्य फेरि नयाँ रेकर्डतर्फ अघि बढेको छ ।
आज बिहीबार सुनको मूल्य बुधबारभन्दा प्रतितोला एक हजार छ सय रूपैयाँले बढेर प्रतितोला एक लाख ४९ हजार चार सय रूपैयाँ पुगेको छ ।
गएको साउन २ गते सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँ पुगेर इतिहासमै धेरै मूल्य बढेको थियो ।
यो मूल्य मात्रै ४ सय रुपैयाँमात्रै कम हो ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १८ सय रूपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया