९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री मलिकाले सुनाइन् जुत्ताको माला लगाउदाको अनुभव



ललितखबर
१८ साउन । एउटी युवतीलाई जुत्ताको माला लगाइएको दृश्य विरलै देखिन्छ । तर चलचित्र ‘सतिदेवि’को एउटा दृश्यमा अभिनेत्री मलिका महतलाई जुत्ताको माला लगाएर लखेटेको दृश्य छ ।
चलचित्रको पोस्टर सार्वजनिक भएसँगै जुत्ताको मालाको विषयमा सर्वत्र चर्चा थियो । जुत्ताको माला लगाएर भाग्दै गरेको दृश्यसँगै चलचित्रको कथाबस्तुको कौतुल समेत बढेको छ । राजधानीमा आयोजित कार्यक्रममा अभिनेत्री मलिका महतले चलचित्र छायाँकनको क्रममा जुत्ताको माला लगाउदाको अनुभव सुनाइन् ।
चलचित्रका निर्देशक लक्ष्मण सुवेदीका अनुसार अभिनेत्री मलिकालाई साँच्चिकै फोहोर जुत्ता बटुलेर लगाइएको थियो । ‘गाँउघरमा लगाएर फ्याकिएका पुराना जुत्ता बटुलेर ल्याइयो अनि धोइपखाली नगरि माला बनाएर छायाँकनको क्रममा मलिकालाई लगाइदिएका हौं ।’ निर्देशक सुवेदीले खुलासा गरे ।
अभिनेत्री मलिकाले आफूले फोहोर जुत्ता लगाउनु परेको विषयमा खासै ध्यान नदिएको र ती फोहोर जुत्ता गलामा लगाउदा वास्तविक इमोसन अनुभव गरेको र चरित्रमा डुव्न थप सहयोग गरेको बताइन् ।

यही भदौको ७ गतेबाट प्रर्दशन सुरु हुने चलचित्रमा अभिनेत्री हर्षिका वली, मन्जिला बनियाँ, सन्दिप बाबु लोहनी, रमेश बुढाथोकी, कुल बहादुर अधिकारी, भोलाराज सापकोटा, श्रृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनीषा सापकोटा लगायतका कलाकारहरुको अभिनय छ ।

श्रीदेवी सुवेदी र विशाल सुवेदी निर्माता रहेको चलचित्रमा लेखन तथा निर्देशन लक्ष्मण सुवेदीको छ । तारा थापाको सम्पादन, बाबु श्रेष्ठको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, दीपक शर्मा र सुभाष भुसालको संगीत रहेको यो फिल्मले सामाजिक कथालाई उठान गरेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  १ : ४४ बजे