३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


ज्योति मगरको धापाखेलमा रुझ्दै भिज्दै धमकेदार प्रस्तुती(तस्विरहरु)



ललितखबर
१९ साउन । गायिका ज्योति मगर । स्टेज प्रस्तुतीमार्फत दर्शक नचाउने खुबी भएकी चर्चित गायिका । उनै गायिका ज्योति मगरले शुक्रबार साँझ ललितपुरको धापाखेलमा उसै गरी दर्शक नचाइन् ।
साँझ झमmझम परेको झरिको पर्वाह नगरि दर्शक नाचिरहे । गायिका मगरले लोक आधुनिक गीत गाएर रमाइलो गरिन् ।


गायिका मगरले गर्न मन छ किस, पिरतीमा दम छ, कान्छी मुसुक्कै पैसा भुसुक्कै, दुम्सी काँडे जुगा, छोटो सारीमाजस्ता गीत चर्चित गाएकी थिइन् ।


गायिका मगर स्टेज प्रस्तुतीका लागि पनि प्रख्यात छन् । स्टेजमा उनी रमाउदै नाचेको हेर्न दर्शकको घुइचो लाग्छ । छोटा कपडा लगाएर स्टेजमा दिएको प्रस्तुतीको कतिपय ठाँउमा आयोजनामा विरोधको स्वर पनि सुनिन्छ । उनका द्वअर्थी प्रस्तुती र अश्लील नृत्य भएको भन्दै कतिपय कार्यक्रमको आलोचना हुने गरेको छ ।

 

ललितपुर साँस्कृतिक तथा व्यापार मेलामा गायिका मगर प्रस्तुती दिन पुगेकी हुन् । हरेक दिन राष्ट्रियस्तरका चर्चित कलाकारहरुको प्रस्तुती रहने महोत्सवमा आज गायिका रचना रिमाल र दुर्गेश थापाले प्रस्तुती दिने आयोजकले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ४ : १४ बजे