ललितखबर
१९ असार । नेपाली हास्य बला विधाका चर्चित कलाकार केदार घिमिरे(माग्ने बुढा) को परिवारका तीनै जना सदस्य नेपाली चलचित्रमा प्रवेश गरेका छन् ।
लामो समय टेलिचलचित्र मेरी बास्सैमा ‘माग्ने बुढा’को चरित्रका काम गरेको कलाकार घिमिरेको चर्चाको नाम नै ‘माग्ने बुढा’ बनेको छ । उनलाई धेरै दर्शकले नामले होइन काम(माग्ने बुढा चरित्र)ले चिन्ने गरेका छन् ।
पछिल्लो समय उनी सानो पर्दा टेलिचलचित्रमा देखिन छाडेका छन् । उनी अर्का चर्चित कलाकार दिपकराज गिरीको छक्का पञ्जा सिरिजमा निरन्तर काम गरिरहेका छन् । दशैको छेको पारेर प्रर्दशनको तयारीमा रहेको चलचित्र छक्का पञ्जा ५ मा प्रमुख पात्रको रुपमा देखिदैछन् ।
उनकी श्रीमती सिता तिमल्सिना पनि पछिल्ला केही बर्षदेखि कला क्षेत्रमा होमिएकी छिन् । कलाकार अनुप बरालसँग अभिनय प्रशिक्षणपछि तिमल्सिना ‘सक्किगो नि’ टेलिचलचित्र मार्फत कला क्षेत्रमा प्रवेश गरिन् । टेलिचलचित्रहरु र विभिन्न स्टेजपछि उनी सिद्धार्थ पुडासैनीको निर्देशनमा निर्माणाधिन चलचित्र ‘सानो संसार’मा अनुबन्धित भएकी छिन् ।
घिमिरेको छोरा आशिष घिमिरे पनि वालकलाकारको रुपमा कला क्षेत्रमा पाइला टेके । उनी चलचित्र ‘मेरी बास्सै’मा ‘धुन्दुकारी’को चरित्रमा केही समय देखिए । त्यसपछि निरन्तर पढाई लेखाईतिर लागे । उनले पछिल्लो समय सशान कँडेलको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘होस्टेल ३’ मा मुख्य पात्रको रुपमा ठूलो पर्दामा डेव्यु गर्दैछन् ।
परिवारका तीनै जना कलाकारहरुको चलचित्र यसै बर्ष प्रर्दशन हुनेछन् । केदार घिमिरे ‘माग्ने बुढा’को चलचित्र ‘छक्का पञ्जा ५’ असोज २४ गते उनकी श्रीमती सितादेवि घिमिरेको चलचित्र ‘सानो संसार’ असोज १७ गते र छोरा आशिष घिमिरेको चलचित्र ‘होस्टेल ३’ फागुन ३ गते प्रर्दशन हुने मिती तय भएको छ ।
परिवारका तीनै जनाको करियरमा यी चलचित्रहरुले कस्तो प्रभाव पार्ने हो भन्ने कुरा आगामी समयले बताउला ।
प्रतिक्रिया