३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


मिस नेपाल बनिन् आश्मा(तस्विरहरु)



१९ साउन । मिस नेपाल २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३०औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आश्माले ’मिस नेपाल वर्ल्ड’को उपाधि जितेकी हुन् ।

शनिबार भएको ग्राण्ड फिनालेमा केसीलाई मिस नेपाल २०२४ को उपाधि प्रदान गरियो । उनलाई मिस नेपाल २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण गरेकी थिइन् ।


मिस नेपाल अर्थ विजेता केसी
’मिस नेपाल इन्टरनेशनल’को उपाधि भने करुणा रावतले जितिन् । त्यस्तै, मिस नेपाल अर्थको उपाधि सुमना केसी र मिस इन्टेलेक्चुअलको उपाधि दिक्षा अवस्थीले उचालिन् ।

अन्य विधाहरुमा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्स कृति श्रेष्ठ बनिन् । हरेक विधाका विजेताले २५–२५ हजार नगद पुरस्कार हात पारे ।

मिस नेपाल इन्टरनेसनल विजेता रावत

यो वर्ष २६ सुन्दरीहरु सौन्दर्य प्रतियोगितामा सहभागी थिए । शुभेच्छा कार्की, आश्माकुमारी केसी, सुमना केसी, निभिता चापागाईं, सिम्रिका मानन्धर, आँचल खत्री, उर्जा नेवा, करुणा रावत, अञ्जना पुन, राधिका थापा, इभा गिरी, दृष्टि थापा, दिक्षा अवस्थी, इरिना श्रेष्ठ, ललिता शेरबुजा, किम्ती श्रेष्ठ, प्रेभिटा स्वाँर, रोशनी दाहाल, समीक्षा निरौला, प्रसुना भुसाल, पूजा बराल, अम्बिका राना, साइरा खड्का, अनिशा मल्ल श्रद्धा सुमन सिलवाल र सामिन कोइराला सहभागी थिए ।

मिस नेपाल २०२४ को उपाधी विजेताहरु
ललितपुर गोदावरीको सनराइज हलमा शनिबार भएको मिस नेपाल २०२४ को फाइनलमा २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै मिस नेपाल इन्टरनेसनलको उपाधी करुणा रावत ,मिस नेपाल अर्थको उपाधी सुमना केसी , मिस नेपाल वल्डको उपाधी आश्माकुमारी केसी

कार्यक्रममा ११ निर्णायकहरु थिए । जसमा डा. रुपक घिमिरे, लक्ष्मी भण्डारी, रेना रिजाल, विजय कर्मचार्य साहारा बस्नेत राणा, कलाकार दिव्य देव, प्रियंका रानी जोशी, शरद भेषावकर, रियासा दाहाल, विष्णुहरि पाण्डे सकुन भण्डारी थिए ।

ललितपुर गोदावरीको सनराइज हलमा शनिबार भएको मिस नेपाल २०२४ को फाइनलमा २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै मिस नेपाल इन्टरनेसनलको उपाधी करुणा रावत ,मिस नेपाल अर्थको उपाधी सुमना केसी , मिस नेपाल वल्डको उपाधी आसमाकुमारी केसी
मिस नेपाल वल्ड बिजेता केसी
मिस नेपाल वल्ड बिजेता आसमा कुमारी केसी ।

 

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ३ : ०१ बजे