९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिणकालीको चाल्नाखेलमा एक गाडीको ठक्करपछि दुई युवतीको मृत्यु



१९ साउन । दक्षिणकालीको चाल्नाखेलमा एक गाडीको ठक्करपछि दुई युवतीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं दक्षिणकाली नगरपालिका–१ चाल्नाखेल भैंसी बजारस्थित सडकमा चाल्नाखेलबाट भैंसीबजारतर्फ जाँदै गरेको बा.१८ च ५३४४ नम्बरको डिआई गाडी शुक्रबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार दोलखा गौरीशंकर गाउँपालिका घर भएकी ३५ वर्षीया निर्माला तामाङ र ३२ वर्षीया श्रीमाया तामाङको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ३ जनाको अल्का हस्पिटल ललितपुरमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ४ : ३८ बजे