१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर बागमती खोलामा एकजना मृत फेला



२० साउन । ललितपुरमा एकजना मृत फेला परेका छन्। ललितपुर महानगरपालिका वडा नम्बर १ काे कार्यालय नजिकै बागमती खोलामा एकजना पुरुष मृत फेला परेका हुन्।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आज बिहान ८ बजेतिर पुरुष मृत फेला परेको हुन्। उनको पहिचान भने खुलेको छैन्।

अन्दाजी ४० वर्षका देखिने ती पुरुषको शवलाई बागमती नदीले बगाएर ल्याएको हुन सक्ने प्रहरीको भनाइ छ। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ५ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।