९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


पशुपति कोटी होममा पत्रकारमाथि आक्रमण : संकल्पकर्ता विजय कृष्णमूर्तिले मागे माफी



ललितखबर
२१ साउन । पशुपतिमा जारी कोटी होममा पत्रकार अनिल पोखरेलमाथि आक्रमण भएको घटनामा कोटी होमका संकल्पकर्ता विजय कृष्णमूर्तिले आफूहरुको तर्फबाट कुनै कमजोरी भएको भए भन्दै क्षमा मागेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै कोटीहोमका संकल्पकर्ता कृष्णमूर्तिले आक्रमणमा कोटी होम आयोजक मानव सेवा फाउन्डेसनका कर्मचारी संलग्न नभएको दाबी गरेका छन् ।
एनले लेखेका छन्,‘पशुपति क्षेत्रमा राष्ट्रको चौथो अंग सञ्चारकर्मी माथि हातपात भएको भन्ने कुरा सुन्नमा आएकोले यस्तो कार्य नगर्नु र नगराउनुहुन सबैमा अनुरोध् गर्दछु ।’
उनले घटनाप्रति खेद प्रकट गर्दै नदोहोरिस्योस् भन्दै सबैलाई अनुरोध गरेका छन् ।उनले यस्तो कार्यको जति निन्दा गरेपनि कमी हुने र आफू सञ्चारकर्मीको हक र हितको लागि म सदैव तत्पर रहेको उल्येख गरेका छन् । संकल्पकर्ता कृष्णमूर्तिले कोटिहोम वा आफूविरुद्ध जसले जे लेखेपनि अथवा प्रसारण गरेपनि आक्रोसित नभई आएको खण्डमा बरु मञ्चमा बोलाएर सम्मान गरेमा आफू खुसी हुने बताएका छन् ।
आइतबार पशुपति मन्दिरपरिसरमा आयोजित कार्यक्रममा डिसी नेपालका अनलाइन पत्रकार अनिल पोखरेललाई सो कार्यक्रमको व्यवस्थापनमा खटिएका महाकाल सेवा स्वयमसेवकले बन्दकोठामा लगेर हातपात र गालीगलैजा गरेका थिए । सो कार्यको चलचित्र पत्रकार समाजलगायतका संस्थाले विज्ञप्ती प्रकाशन गरेर विरोध गरेका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ७ : ३५ बजे