१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं आलोकनगरमा युवकमाथि खुकुरी प्रहार गर्ने ३ जना पक्राउ



२१ साउन । खुकुरी प्रहार गरी एक युवकलाई घाइते बनाएको आरोपमा काठमाडौंबाट प्रहरीले ३ जना पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुलीको फिकल गाउँपालिका- ३ घर भई हाल काठमाडौं महानगरपालिका- ३१ आलोकनगर बस्ने १८ वर्षीय अनिष मगर, दैलेखको महावु गाउँपालिका – ४ घर भई सोही ठाउँ बस्ने २६ वर्षीय कुमार पण्डित र दार्चुला बाँज घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा ननगरपालिका ९ गोठाटार हात्तिडाँडा बस्ने वर्ष १९ को प्रेम सिंह महरा छन्।

उनीहरुले आइतबार आलोकनगरस्थित सौराहा होटल नजिकको सडकमा विवाद गर्ने क्रममा कैलालीको धनगढी नगरपालिका २ घर भई हाल काठमाडौं महानगर ३१ आलोकनगर बस्ने २२ वर्षीय मनत केसीमाथि खुकुरी प्रहार गरेका प्रहरीले जनाएको छ।

खुकुरी प्रहारबाट केसीको दाहिने हातको औला पूर्ण रुपमा क्षति भएको छ। उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ७ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।