४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकाका नदी र खोलामा पानीको सतह उच्च, बल्खुको तरकारी बजार र सुकम्बासी बस्ती क्षेत्र डुवानमा



२२ साउन । लगातारको वर्षासँगै काठमाडौँ उपत्यकाका नदी तथा खोलामा पानीको वहाव उच्च भएको छ । पानीको वहाव उच्च भएसँगै उपत्यकाका खोला आशपासका क्षेत्रहरु डुवानमा पर्न थालेका छन् ।

बागमती नदीको पानीको सतह बढ्दा बल्खु तरकारी बजार, कुलेश्वर फलफूल बजार क्षेत्र र सुकुम्बासी बस्ती क्षेत्रमा पानी पसेको छ । काठमाडौंस्थित विष्णुमती नदीको गोंगबु जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

जलसहत बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस्तै, ललितपुरस्थित खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकोले तटीय क्षेत्रमा बाढीको जोखिम रहेको भन्दै दिउँसो २ बजेसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

काठमाडौँ–१६, माछापोखरी क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप लाइन फुटेर घर–पसल डुबानमा परेको स्थानीयले जानकारी दिएका छन्।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ६ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।