३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


बंगलादेशको संसद् भंग, राष्ट्रपतिले जारी गरे आदेश



एजेन्सी । बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले त्यहाँको संसद् विघटन गरेका छन् । बीबीसीले दिएको जानकारीअनुसार तीन सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाज, विद्यार्थीका प्रतिनिधिलगायतकासँगको छलफलपछि संसद् विघटन गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा विपक्षी दलकी नेता खलिदा जिया जेलमुक्त भएको पनि उल्लेख गरिएको छ ।

सरकारी जागिरमा आरक्षण र कोटाको विरोधमा जुलाई पहिलो सातादेखि विद्यार्थी आन्दोलन शुरु भएको थियो । आन्दोलनकै बीच अदालतको आरक्षणको कोटा भारी कटौती गरेको छ ।

आरक्षणविरूद्धको आन्दोलन चर्किँदै गएपछि सोमबार प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी थिइन् । उनी हाल भारतको शरणमा छिन् । त्यहाँबाट बेलायत जाने तयारीमा छिन् ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  १० : ५५ बजे