९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गायिका एलिना नेपाल फर्किइन्, धापाखेलमा शुक्रबार प्रस्तुती दिने



ललितखबर
२३ साउन । केही समयअघि विवाह गरेर अष्ट्रेलिया पलाउन भएकी गायिका विभिन्न कार्यक्रममा भाग लिन नेपाल आएकी छिन् ।
गएको बैशाख ५ गते बाग्लुङ घर भई अष्ट्रेलियामा बसेर व्यावसाय गर्ने प्रेमी विष्णु सापकोटासँग विवाह गरेकी नेपाली साँगेतिक जगतकी चर्चित गायिका चौहान उतै बस्ने गरेर अष्ट्रेलिया गएकी थिइन् । यद्यपी कार्यक्रम र गीत रेकर्डका लागि समय समयमा नेपाल आउने उनले बताएकी थिइन् ।
तीजको छेको पारेर उनी भर्खरै नेपाल आएकी छिन् । उनले नेपाल आएपछि पशुपति नाथस्थित कोटी होममा सहभागी भइन् ।
यही शुक्रबार उनी धापाखेलस्थित ललितपुर सास्कृतिक तथा व्यापार मेलामा प्रस्तुती दिने भएकी छिन् ।
मेलाका साँस्कृतिक संयोजक सुवास महतका अनुसार चौहान शुक्रबार साँझ प्रस्तुती दिन धापाखेल जेम्सस्कूल अगाडि जारी मेलामा साँझपस आउने पुष्टि गरे ।
गायिका चौहानले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै आफू मेलामा सहभागी हुन लागेको जानकारी दिएकी छिन् ।
गएको साउन ११ गतेबाट सुरु मेला साउन २६ गतेसम्म चल्नेछ ।
महोत्सवका व्यस्थापक दाहालका अनुसार मेलामा वालवालिकाहरुका लागि चिल्ड्रेन पार्क निर्माण गरिएको छ । यहाँ रोटेपिङ, ड्राइगन रेल,डुंगालगायतमा वालवालिका मनोरञ्जन लिन सकिन्छ ।

ललितपुर महानगर २३ र २४ वडाका स्थानीय महिलाहरुले निर्माण गरेको हस्तकलाको सामाग्रीको प्रर्दशनी गरिएको छ । मेलामा १ सयभन्दा धेरै स्टल रहेको उनी बताउछन् ।

मेलाका चर्चित गायिका ज्योति मगर,रचना रिमाल,सुजाता केसी, निशा देशारलगायत गायक गायिकाले प्रस्तुती दिएका छन् । मेलामा २ बजेपछि विभिन्न सास्कृतिक कार्यक्रम आयोजना हुने हुँदा दर्शकको भीड बढेको संयोजक महत बताउछन् ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ३ : १६ बजे