२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


टुकुचा खोलामाथिको बाटो भत्केपछि मेयर बालेनले भने, ‘खोलामाथि घर होइन, पुल हुनुपर्छ’



२५ साउन । काठमाडौं कमलादी नजिकै आज टुकुचा खोला छोपिएको ठाँउमा सडक भत्केको छ ।
सडक खोलाका कारण सडक भत्ेकपछि काठमाडौं महानगरका मेयर बालेनले अझै केहि घरहरू टुकुचा माथि रहेको कारण जोखिम रहेको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले आफूले खोलामाथि जोखिम देखेर खुल्ला गर्न टुकुचा खोल्ने काम शुरू गरेको तर अदालती कारणले केहि रोकिन परेको स्मरण गरेका छन् ।
अदालतको आदेशपछि टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका र सरकारले चाँडोभन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्ने उनले धारणा व्यक्त गरेका छन् । यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउनेछ ।
उनले लेखेका छन्,‘यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन ।’

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ६ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।