२५ साउन । भक्तपुरमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा बागमती प्रदेश–२ क ९९११ नम्बरको अक्सफोर्ड स्कुलको बसले ठक्कर दिँदा रियान्सी नेपालको मृत्यु भएको भक्तपुरका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएकाे छ ।
६ वर्षीया रियान्सी सोही स्कुलमा सोही स्कुलमा अध्ययनरत थिइन् । बसबाट ओर्लिएर बाटो क्रस गर्न लाग्दा त्यहि बसको ठक्करले गम्भीर घाइते भएपछि उपचारको लागि उनलाई डा. ईवामुरा अस्पतालमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हाे ।
बस चालक ५९ वर्षीय कान्छा देउपाललाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया