ललितखबर
२६ साउन । आजकल साउनको अन्तिम साता ललितपुरको धापाखेलमा मेला चलिरहेको छ । यहाँ हरेक साँझ सयौं युवायुवती मेला भर्न आउँछन् अनि गीतसंगीतमा झुम्ने गर्दछन् ।
साउन ११ गतेदेखि धापाखेल जेम्स स्कूल नजिकै हरेक दिन दर्शकको भीड हुन्छ । राष्ट्रियस्तरका चर्चामा आएका कलाकारले मिठो गीतसंगीतका कारण यहाँ भीड बढेको हो ।
सधैं झैं शुक्रबार साँझ पनि दर्शकको भीड थियो । टेलिचलचित्रमार्फत चर्चामा आएकी नबीना सिलवाल (खुइली)ले गीत गाएर मनोरञ्जन दिइन् । चर्चित गायिका एलिना चौहानको ‘धोकेबाज हा’‘तिमी कट्टा हान्दिन्छु’लगायत गीतहरुमा दर्शक झुमे । मिस्टर डिको ¥यापसँगै सयौं दर्शक नाचे ।
आज शनिबार गायक प्रमोद खरेल, गायिका अस्मिता अधिकारी, महेश काफ्ले र सुवास महतले दर्शक चनाउने कार्यक्रम छ । शनिबार विदा परेकाले दर्शकको भीड बढ्ने आयोजकको अपेक्षा छ ।
मेला आइतबारसम्म जारी रहने आयोजकले जानकारी दिएको छ ।
प्रतिक्रिया