२७ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आफ्ना प्राथमिकता विषय तथा कार्ययोजना सार्वजनिक गरेका छन्।
स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा आफूले प्राथमिकतामा राखेका विषयहरु र गर्ने कार्यक्रमहरुका विषयहरु सार्वजनिक गरेका हुन्।
पौडेलले मन्त्रीको जिम्मेवारी सम्हालेपछि संविधान, स्वास्थ्य क्षेत्रमा रहेका मौजुदा नीति ऐन, नियम तथा रणनीतिहरु र १६औं योजना तथा दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर प्राथमिकता तथा कार्ययोजनाहरु तयार पार्नु परेका हुन्।
प्रतिक्रिया