८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


साउनको सोमबार शिवभक्तको आराधना (तस्विरहरु)



२८ साउन । आज साउन महिनाको अन्तिम सोमबार राजधानीको पशुपति, सन्तानेश्वर,तिलेश्वर भृङ्गेश्वर,डोलेश्वर, गोकर्णेशवरलगायतका शिव मन्दिरमा भक्तजनको भीड छ ।
साउनको सोमबार विशेष गरेर महिलाहरुको ब्रत बसेर शिव भक्ती गर्ने गर्दछन् ।

काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा सोमबार पूजा आराधना गर्दै भक्तजन । लेन्स : हरिराम भेटुवाल/रासस

पछिल्लो समय तराई मधेको चलन रहेको ब्रत बसेर, पहेलो बस्त्र लगाएर खाली खुट्टामा नजिकैको जलाशयको मुहानबाट शुद्ध जल ल्याई शिव मन्दिरमा चढाएर बोलबम यात्रा गर्ने गरिएको छ । बोलबम यात्रामा पुरुषहरु बाहुल्य हुने हुँदा पशुपति लगायतका मन्दिरमा भीड उत्तिकै बढेको हुन्छ ।

पशुपतिनाथ मन्दिर परिसरमा पूजा आराधना गर्दै भक्तजन । लेन्स : हरिराम भेटुवाल/रासस
साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरको पूजा आराधना तथा दर्शन गर्न लामवद्ध भएका भक्तजन । लेन्स : हरिराम भेटुवाल/रासस

साउन महिनाको अन्तिम सोमबार दाङको घोराही उपमहानगरपालिका–१८ अम्बापुरमा अवस्थित अम्बिकेश्वरी मन्दिरमा पूजा गर्दै भक्तजन । लेन्स : कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ३ : ५४ बजे