२९ साउन । मंगलरबार सुनको भाउ हाल सम्मकै उच्च भएको छ । यो दिन तोलामा सुनको भाउ २ हजार १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सोमबार सुनको मूल्य तोलाको १ लाख ४८ हजार ७०० रुपैयाँमा कायम थियो ।
यसैगरी, यो दिन चाँदीको मूल्य तोलाको १ हजार ७४० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला १ हजार ७१५ रुपैयाँ कायम थियो ।
यसैगरी,महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २९ हजार २८५ रुपैयाँ तोकेको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४९२ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया