२९ साउन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले काठमाडौंको कागेश्वरी मनोहरास्थित लाइभ बेकरीलाई २ लाख रुपैयाँ जरिबाना तिराएको छ ।
विभागको टोलीले सोमबार गरेको अनुगमन पछि सो बेकरीलाई उक्त रकम बराबरको जरिबाना तिराएको हो । रिलेबलङि गरेको, गुणस्तर, परिमाण, मूल्य तथा नापतौलमा समेत हेरफेर गरेको पाइएपछि सो बेकरीलाई जरिवाना तिराइएको विभागले बताएको छ ।
विभागले सोमबार कै अनुगमनबाट गौरङ सारिज प्रालि र पिटस्टक इनकर्पोरेटेड प्रालिलाई पनि ५०/५० हजार रुपैयाँ जरिबाना गरेको छ ।
उक्त कम्पनीमाथि दर्ता प्रमाणपत्र र मूल्य सूची नराखेको कसुर छ ।त्यस्तै विभागले फर्निचर एण्ड फर्निसिङ हाउस ललितपुर र सरस्वती खाद्य किराना पसललाई समेत १०/१० हजार रुपैयाँ जरिवाना गरेको छ । यी पसलहरुले खरिद बिल बिजक नराखेको कसुर छ ।
प्रतिक्रिया