८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सानोभर्याङको काष्ठ उद्योगमा भिषण आगलागी, नियन्त्रण प्रयास जारी



काठमाडौँ
२९ साउन । काठमाडौँ महानगरपालिका १५ सानोभर्याङस्थित एक काष्ठ उद्योगमा भिषण आगलागी भएको छ ।

आज राति ९ बजेको समयमा पृथ्वीबहादुर थापाले सञ्चालन गरेको ईचङ्गुनारायण काष्ठ उद्योगमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् ।

अहिले ३ वटा दमकल (बौद्ध, बालाजु, जनसेवा) सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने कार्य भइरहेको पनि उनले बताए । आगलागीको कारण खुलेको छैन ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ४ : ४८ बजे