३० साउन । ललितपुर महालक्ष्मी नगरपालिका-३, इमाडोलको बोझेपोखरी जाने सडक भासिएको छ । बुधबार बिहान सडकको झण्डै तीन मिटर क्षेत्रमा भ्वाङ परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार अहिले उक्त सडकलाई पूर्ण रूपमा बन्द गरिएको छ ।
सडक भासिनुको कारण भने खुल्न सकेको छैन । उक्त सडकमा मंगलबार नै खाल्डो पर्न थालेको र गएराति परेको पानीले थप क्षति पुर्याएपछि भ्वाङ परेको वडा नम्बर ३ का वडाध्यक्ष कुवेर केसीले बताए । सडकनजिक मंगाल रहेकाले त्यसले क्षति गरेको हुन सक्ने उनले बताए ।
प्रतिक्रिया