१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पानीमा कोलिफर्म भेटिएपछि ‘अक्वा त्रिदेव’लाई दुई लाख जरिवाना गराउने महानगरको निर्णय



३० साउन । ‘अक्वा त्रिदेव’ ब्रान्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएपछि काठमाडौं महानगरपालिकाले दुई लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। तारकेश्वर नगरपालिका– १० मा सञ्चालित जाम्बुलिंगा ग्रुप इन्डस्ट्रिजले उत्पादन गरेको पानीमा कोलिफर्म भेटिएको हो।

निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार साउन २५ गते गोंगबु क्षेत्रबाट विभिन्न पाँचवटा ब्रान्डका नामबाट उत्पादन भएका २० लिटरका जारबाट पानीको नमुना लिइएको थियो। काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा नमुना परीक्षण गर्दा अक्वा त्रिदेवको पानीमा फिकल कोलिफर्म भेटिएको महानगरले जनाएको छ।

प्रति एक सय मिलिलिटर नमुनामा ३०० भन्दा बढी कोलोनी फर्मिङ युनिट (सिएफयू) देखिएको बताइएको छ। पानीमा यसको मात्रा शून्य हुनुपर्छ। खाद्य प्राविधिक अनिल बस्नेत भन्छन्, ‘पानीमा सिएफयू तीन सयभन्दा धेरै देखिनु भनेको पानीको स्रोतमा सरसफाइ नभएको वा प्रशोधन प्रक्रिया पूरा नभएको भन्ने हो।’ कोलिफर्मको स्रोत मानव वा पशुको दिशा हो।

महानगरका अनुसार यसमा भिब्रो कोलेरा भने शून्य देखाएको छ। यो भनेको हैजा फैलिने जीवाणु नहुनु हो। डा. झाका अनुसार जरिवाना गरिएसँगै अक्वा त्रिदेवको सो ब्याचमा उत्पादन भएको सबै पानी बिक्रीमा प्रतिबन्ध लगाइएको छ। पानीको नमुनामा कोलिफर्म शून्य नभएसम्म यो प्रतिबन्ध कायम रहने बताइएको छ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ४ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।